सोमबार, असार २९, २०८३

लिभरपुलका लागि क्लोप सधैं विशेष : अलेक्जेन्डर

एजेन्सी– इंग्लिस क्लब लिभरपुलका खेलाडी ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले प्रशिक्षक योर्गेन क्लोप क्लबका लागि सधै विषेश रहने बताएका छन्। ३० वर्षपछि उपाधिको होडमा पुर्याएको भन्दै उनले क्लोप विषेश रहने बताएका हुन्।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

एजेन्सी– इंग्लिस क्लब लिभरपुलका खेलाडी ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले प्रशिक्षक योर्गेन क्लोप क्लबका लागि सधै विषेश रहने बताएका छन्। ३० वर्षपछि उपाधिको होडमा पुर्याएको भन्दै उनले क्लोप विषेश रहने बताएका हुन्।

६ वर्षको उमेरबाट लिभरपुलको एकेडेमीमा रहेका युवा खेलाडी अलेक्जेन्डर भन्छन्, “क्लोप प्रशिक्षक भएर रेडका लागि जति गर्नु पथ्र्यो त्यो सबै उनले गरेका छन्। उनले क्लबका लागि मनमोहक परिवर्तन गरेका छन्।”

अहिलेको अंक तालिकामा लिभरपुल उपाधिबाट ६ अंक टाढा छ। “क्लोपले जे गरे त्यो कुराको हामीले सम्मान गर्नुपर्छ,” २१ वर्षे खेलाडीले बीबीसी रेडियोसँग भने, “पूरै क्लबलाई परिवर्तन गर्न, क्लबलाई शंकालुबाट आत्मबलले भरिएको बनाउन, सबैलाई एकै लाइनबाट सोच्न प्रेरित गर्न र एकै सपना देख्न उनले मार्गप्रशस्त गरेका छन्।”

“उनले पूरै क्लबलाई मूर्तिस्वरुप बनाएका छन्। क्लोप यही सहरबाट आएका त होइनन् तर यहाँका स्थानीय, खेलाडी र कर्मचारीको क्लबतर्फ ध्यान खिच्न माहिर छन्,” उनले थपे, “उनले आफ्ना वरिपरी रहेका मानिसलाई सपना साकार बनाउन सहायोग गरिदिन्छन्।”

क्लोपकै प्रशिक्षणमा गत साल लिभरपुलले च्याम्पियन्स लिग र क्लब विश्वकपसमेत जितेको थियो। महामारी पछि मैदान फर्किएको ईपीएल अन्तर्गतको आज रातिको खेलमा लिभरपुलले एभर्टोनसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल जितेमा उसको उपाधि यात्रा एक जितमा छोटो हुने छ।

प्रकाशित: Jun 21, 2020| 14:55 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।