मंगलबार, भदौ ९, २०८३

सानिमा बैंकको अपांगमैत्री वेबसाइट सञ्चालनमा

सानिमा बैंकले पहिलो पटक अपांगमैत्री वेबसाइट सुरु गरेको छ ।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

सानिमा बैंकको अपांगमैत्री वेबसाइट सञ्चालनमा

राम्रोसँग देख्न नसक्ने, श्रवण शक्ति कम भएका तथा कम्प्युटर प्रयोग गर्न गाह्रो हुने व्यक्तिहरुलाई ध्यानमा राख्दै बैंकले यो वेबसाइटको सुरुवात गरेको हो ।

यस वेबसाइटको प्रयोगले अपांगता भएका व्यक्तिहरुलाई पनि सजिलै वित्तीय जानकारी तथा पहुँच प्रदान गर्ने विश्वास बैंकले लिएको विज्ञप्तिमार्फत् जनाएको छ । साथै अन्य व्यक्तिहरु जस्तै वृद्धवृद्धा तथा नयाँ प्रयोगकर्ताहरुलाई पनि अनलाइनबाट आफ्नो बैंकको सेवा सम्बन्धी जानकारी तथा बैंकिङ पहुँच पुर्याउने प्रयास गरेको छ ।

यो सुविधा प्रयोग गर्नका लागि बैंकको वेबसाइटमा गई दायाँ कुनामा रहेको डिसेविलिटी फ्रेन्ड्ली आइकन क्लिक गरी आफूलाई चाहिएको सुविधाअनुसारको अप्सन बटनमा क्लिक गरी प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

यो सेवा हाल अंग्रेजीमा मात्र उपलब्ध छ । समय क्रमसँगै अन्य अपाङ्गतामैत्रीे सेवा सुविधाहरु थप विस्तार र परिमार्जन गर्दै जाने बैंकले जनाएको छ ।

प्रकाशित: Jun 21, 2020| 17:22 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्