मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सनराइज बैंकको बुढानीलकण्ठ वेद विद्याश्रमलाई आर्थिक एवं खाद्यान्न सहयोग

सनराइज बैंकको बुढानीलकण्ठ वेद विद्याश्रमलाई आर्थिक एवं खाद्यान्न सहयोग

 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

सनराइज बैंकले बुढानिलकण्ठ वेद विद्याश्रमलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले विद्याश्रमलाई २ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । शनिबार बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले मन्दिरका मठाधीस स्वामी निगमानन्दलाई हस्तान्तरण गरे ।

देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण आदि बारे शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रममा ३५ जना विद्यार्थी बसोबास गर्दै आएका छन् ।

हालको स्थितिमा उक्त विद्याश्रमलाई त्यहा बसोबास गर्दै आएका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री प्रबन्ध गर्न कठिनाइ भएको र आर्थिक सहयोगको आवश्यकता परेको जानकारी प्राप्त भए अनुसार बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको जनाएको छ ।

बैंकले नगदसहित पूजासामग्री, दाल, चामल, गेडागुडी गहुँ, पिठो, तेल आदि खाद्य सामग्री उपलब्ध गराएको जनाएको छ ।

प्रकाशित: Jun 21, 2020| 14:40 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्