शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले दर्जनौं गौरवका योजना सम्पन्न गर्दा पनि काम गर्न नसकेको आरोप लगाउनु दुःखको कुरा भएको बताएका छन्।
नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र घुसेको प्रतिक्रियावादी एजेन्टको संज्ञा दिएका छन्।
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् विघटन गरेर भारत र बेलायतको संविधानको उदाहरण दिने हो भने उतै जान आग्रह गरेका छन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपाको एउटा समूह, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक समाज सडक आन्दोलनमा छन्।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका लागि वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पाँच घण्टा समय मागेपछि प्रधानन्यायाधीश र उनीबीच केहीबेर वादविवाद भएकाे छ।