शनिबार, असोज ३, २०८३

कक्षा ११ मा परिमार्जित गणित पनि पढ्न पाइने

पाठ्यक्रम विकास केन्द्रले गणित विषयलाई ऐच्छिक विषयको रुपमा पढ्न पाउने गरी कक्षा ११ को पाठ्यक्रममा परिमार्जन गरेको छ।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– पाठ्यक्रम विकास केन्द्रले गणित विषयलाई ऐच्छिक विषयको रुपमा पढ्न पाउने गरी कक्षा ११ को पाठ्यक्रममा परिमार्जन गरेको छ।

गणित विषयलाई पाठ्यक्रमा समावेश गर्नुपर्ने भन्दै गणित विषयका शिक्षकले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। अदालतले नयाँ पाठ्यक्रम अनुसार अध्यापन गराउन भनेपछि केन्द्रले नै गणित विषयलाई समावेश गरेको हो। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा र बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितलाई अनिवार्य एवं ऐच्छिक (चौथो समूह)मा राख्ने निर्णय गरेको हो।

पाठ्यक्रममा गरिएको परिवर्तनबारे जानकारी दिँदै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले अब विद्यार्थीले सामाजिक अध्ययनको ठाउँमा गणित विषय रोज्न सक्ने गरी पाठ्यक्रममा परिमार्जन गरिएकाले नयाँ पाठ्यक्रममा देखिएको विवाद अन्त्य भएको बताए। बैठकले प्रारम्भिक बाल शिक्षा (ईसीडी), कक्षा ६–८ र कक्षा ९–१० का नयाँ पाठ्यक्रम पनि स्वीकृत गरेको छ। 
 

प्रकाशित: Jan 29, 2021| 11:17 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्