बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • केपी ओलीजस्तो धुर्त मान्छे आजसम्म देखेको थिइनँ : दाहाल

केपी ओलीजस्तो धुर्त मान्छे आजसम्म देखेको थिइनँ : दाहाल

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र घुसेको प्रतिक्रियावादी एजेन्टको संज्ञा दिएका छन्।
 |  शुक्रबार, माघ १६, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

vianetvianet

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र घुसेको प्रतिक्रियावादी एजेन्टको संज्ञा दिएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै दाहालले प्रतिक्रियावादीको एजेन्टकै कारण मुलुक गम्भीर राजनीतिक दुर्घटनामा फसेको बताए। 

‘केपी ओलीजस्तो बेइमान, धुर्त, ठग र खुरापाती मान्छे आजसम्म देखेको थिइनँ,’ उनले भने,‘राजामहाराजका धुपौरेहरु केपीको पक्षमा छन्। अहिले प्रतिक्रान्तिकारीले घेरेका छन्।’ 

केपी ओलीले सार्वभौम अधिकारमाथि हमला गरेको उनले बताए। ‘यो संसद् विघटन गरेको होइन, संविधान विघटन गरेको हो।  अहिलेसम्म लडेर ल्याएको उपलब्धिमाथि हमला गरिएको हो,’उनले भने,‘सार्वभौमसत्ता सम्पन्न जनताले बनाएको संविधानमाथि हमला हो। यसको प्रतिकार गर्नु सबैको अधिकार हो। अब सबै उठ्नुपर्ने बेला भएको छ।’

राजामहाराजा, तानाशाह र शासकलाई त ढालिएको भन्दै उनले अब केपी ओलीको अराजकताको अन्त्य गर्न जनता उठ्नुपर्ने बताए।   

केपी ओलीले आफ्नो हुर्मत लिने र अपमान गर्ने काम गरेको भन्दै दाहालले प्रतिक्रियावादीको योजनामा अघि बढेका ओलीलाई सडक संघर्षबाटै हटाइने उद्घोष गरे।

प्रकाशित: Jan 29, 2021| 10:41 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।