शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई सिटौलाको सुझाव– गल्ती गर्नुभो, आत्मालोचना गर्नुस्  

ओलीलाई सिटौलाको सुझाव– गल्ती गर्नुभो, आत्मालोचना गर्नुस्  

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर गल्ती गरेको बताएका छन्।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर गल्ती गरेको बताएका छन्। कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ६ कार्यसमितिले गरेको विरोध सभालाई सम्बोधन गर्दै सिटौलाले ओलीले गल्ती स्विकार्नुपर्ने बताएका हुन्।  

‘ओलीले गल्ती गर्नुभयो। गल्ती मान्छेबाट हुन्छ। अब गल्ती स्विकार्नुस्। तपाईहरुलाई त झन् सजिलो छ, आत्मालोचना गरे पुग्छ,’ उनले भने, ‘गल्ती स्विकार गर्नु सानो कुरा होइन। ठूला मानिसहरुले नै स्विकार गर्छन्। यदी गल्ती स्विकार गर्न सक्नुभएन भने अदालतले गल्ती स्विकार गर्न बाध्य बनाउला।’

उनले अदालतले स्थायित्वको पक्षमा, शान्तिको पक्षमा, अधिकारको पक्षमा र सर्वोच्च संस्थाको पक्षमा अदातलले व्याख्या गर्ने भनेर संविधान लेखेको बताउँदै अदालतले संविधानलाई हेरेर निर्णय गर्ने विश्वास व्यक्त गरे। 

उनले अहिले अदालतलाई ठूलो अवसर प्राप्त भएको टिप्पणी समेत गरे। अदालतले आफ्नो क्षमता प्रकट गरेर संविधानलाई रक्षा गर्ने ठूलो मौका प्राप्त गरेको उनको भनाइ छ। ‘अदालतले अवसरको सदुपयोग गरोस्। आफ्नो क्षमता प्रकट गरेर संविधानलाई बचाओस्,’ उनले भने। 

उनले गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा ५ वर्षको प्रतिनिधिसभा ३ वर्षमा विघटन गरेको स्मरण गर्दै त्यसले देशलाई अस्थिरतामा धकेलेको बताए। ‘गिरिजाप्रसादलाई त्यो अधिकार थियो। तर, त्यसले अस्थिरता आयो। दोस्रोपटक शेरबहादुर देउवाको पालामा संसद् विघटन भयो। राजाले सत्ता हातमा लिएर निरंकुशता लादे,’ उनले भने, ‘हामीले यिनै उदाहरण हेरेर बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने गरी संविधान बनाएका हौं।’

उनले प्रतिनिधिसभा विघटन गरेर मुलुलाई गम्भीर षडयन्त्रको चक्रव्यूहमा धकेलिएको टिप्पणी गरे। ‘अहिले अदालतले विघटनलाई सदर गरिदियो भने ओलीलेले अदालतलाई त झुकाए भन्नैपर्ने र अन्य संवैधानिक निकायले काम गर्न सक्दैनन्,’ उनले भने, ‘व्यवस्था  र सरकारले स्थायित्व पाएन भने देशले कसरी प्रगति गर्छ। संविधानसभाबाट बनाएको संविधान धरासयी हुन्छ भने नेपालमा केचाहिँ बाँच्छ ? यो नेपाललाई कमजोर बनाउने गम्भीर षडयन्त्र हो।’

उनले कांग्रेसकै केही नेताहरुले अदालतमा विचाराधिनम मुद्दामा किन बोल्ने भन्ने गरेको बताउँदै केन्द्रीय समिति र देशभरका कार्यकर्ताले असंवैधानिक कदम बदर हुनुपर्छ भनिसकेको बताए। ‘केही  साथीहरुलाई चुनाव भइहाले जितिहालिएला भन्ने लागेको छ र खुसी प्रकट गर्नुभएको छ। तर त्यो गहिराइमा नपुगेको दिमागको सोचाइ हो,’ उनले भने, ‘हामी मुर्खतापूर्ण बाटोमा जान हुँदैन। संविधान बचाउन सकियो भने नेपालको धेरै कुरा बाँच्छ। त्यसैले संविधानलाई बचाउन एकजुट भएर लाग्नुपर्छ।

प्रकाशित: Jan 29, 2021| 11:07 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।