शनिबार, कात्तिक २९, २०८२

सात लाख खर्चेर गाउँपालिकाको गीत

जाजरकोटको जुनीचाँदे गाउँपालिकाले सात लाख रुपैयाँ खर्च गरेर गीत तयार गरेको छ।
 |  शुक्रबार, माघ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १६, २०७७

सुर्खेत– जाजरकोटको जुनीचाँदे गाउँपालिकाले सात लाख रुपैयाँ खर्च गरेर गीत तयार गरेको छ। ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्देश्यले गीत निकालेको गाउँपालिकाले जनाएको छ। 

National life

‘जुनीचाँदे गाउँ’ बोलको गीतलाई गाउँपालिकाले ‘गान’को रुपमा प्रयोगमा गर्ने कार्यवाहक अध्यक्ष शिवा आचार्यले जानकारी दिइन् ।

‘गीतमा जुनीचाँदेका ऐतिहासिक सम्पदा र पर्यटकीय स्थलहरु समेटेका छौं। गीतलाई गाउँपालिकाको ‘गान’ र पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने माध्यमका रुपमा प्रयोग गर्छौँ,’ उनले भनिन्। 

रेशम शाही र मेलिना राईले आवाज भरेको गीतमा  अध्यक्ष आचार्यको शब्द संकलन छ। गीतको बहुप्रतिभा तथा कला संरक्षण केन्द्र जाजरकोटले भिडियो छायांकन गरेको हो।

उपेन्द्र तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा देश राई, रमेश बोहरा, तारा थापा, शसिविक्रम थापा, राजन थापा, लगायतले अभिनय गरेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 29, 2021| 09:47 शुक्रबार, माघ १६, २०७७
प्रतिक्रिया दिनुहोस्