बुधबार, मंसिर १०, २०८२

फिल्मको कमाइ अब प्रत्येक महिना सार्वजनिक हुने

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काठमाडौं- चलचित्र विकास बोर्डले नयाँ वर्षदेखि मासिक रुपमा बक्स अफिस विवरण सार्वजनिक गर्ने भएको छ।

National life

चलचित्र कलाकार संघले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोर्ड अध्यक्ष भुवन केसीले यो जानकारी दिएका हुन्।

हालैमात्र बोर्डले २०७९ सालमा प्रदर्शन भएका स्वदेशी र विदेशी गरी १३२ वटा फिल्मको आम्दानी विवरण सार्वजनिक गरेको थियो।

झण्डै ६ दशक लामो नेपाली फिल्मको इतिहासमा बोर्डले पहिलोपटक यस्तो काम गरेको हो। अब मासिक रुपमै फिल्मको कमाइ सार्वजनिक गर्ने निर्णय भएको अध्यक्ष केसीले बताए।
 

प्रकाशित: Apr 12, 2023| 17:23 बुधबार, चैत २९, २०७९
प्रतिक्रिया दिनुहोस्