आइतबार, जेठ २४, २०८३

'प्रसाद २' १५ वैशाखमा रिलिज हुने

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९
National life
Shivam cement

काठमाडौं- उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण गत २४ गते रिलिज हुन नसकेको फिल्म  ‘प्रसाद २’ वैशाख १५ मा रिलिज हुने भएको छ। 

निर्माण युनिटले वितरकसँगको छलफलबाट फिल्मको नयाँ रिलिज मिति तय गरेको हो। फिल्म वैशाखको १५ गतेबाट देश र विदेशमा एकसाथ रिलिज हुने निर्देशक सुदर्शन थापाले बताए। ‘पहिले भनिएको मितिमा फिल्म विभिन्न कारणले रिलिज हुन सकेन’, थापाले भने ‘१५ वैशाखमा भने जुनै हालतमा पनि रिलिज हुन्छ।’

विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायत कलाकारको अभिनय रहेको फिल्म सुभाष थापाको प्रस्तुतिमा सुदर्शन बस्नेतले बनाएका हुन्। 

प्रकाशित: Apr 11, 2023| 17:19 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्