वैशाख १ गते गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव गण्डकी प्रदेश सभा सचिवालयमा दर्ता भएपछि तीन जना सांसद भएको जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने बताएको थियो।
प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिन केही घन्टा बाँकी रहँदा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षीय सांसदलाई हतारोमा अनुचित निर्णय नलिन आग्रह गरेका छन्।
नेकपा एमालेको माधव-झलनाथ पक्षीय नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्र कमजोर पार्नु भएको प्रतिक्रिया दिएका छन्।
नेकपा एमालेको विभाजन रोक्नका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबिच सहमतिको सम्भावना न्यून देखिएको छ।