बिहीबार, भदौ ११, २०८३

नेता झलनाथ खनाल संक्रमणमुक्त

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ संक्रमणमुक्त भएका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडाैं - नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ संक्रमणमुक्त भएका छन्। नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत उनी आइतबार साँझ संक्रमणमुक्त भएका छन्। 

उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पीसीआर परीक्षण गर्दा उनमा संक्रमण नदेखिएको बताए। उनका अनुसार संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहेका छन्। 

संक्रमित भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए। 

प्रकाशित: May 10, 2021| 04:00 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।