बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी एकता जोगाउन सकिएन, अब राजीनामा दिँदैछौं : माधव पक्ष

पार्टी एकता जोगाउन सकिएन, अब राजीनामा दिँदैछौं : माधव पक्ष

नेकपा एमालेको माधव-झलनाथ पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरु भएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - नेकपा एमालेको माधव-झलनाथ पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरु भएको छ। सांसद झपट रावलले बैठक सुरु भएको जानकारी दिए।

माधव नेपालसहितका सांसदहरू उपस्थित भएलगत्तै बैठक सुरु भएको हो। सांसद रावलले पार्टी एकता जोगाउन गरिएको अन्तिम कसरत पनि सफल हुन नसकेको बताए।

‘हामीले पार्टी एकता जोगाउन सकेनौं, अहिलेको बैठकले अब राजीनामाको निर्णय गर्छ,’ उनले भने, ‘त्यसपछि हामी राजीनामा दिन्छौं।’ 

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खनाल-नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने प्रतिबद्धता खोजेको थियो। तर, बिहान ९ बजेसम्म पनि पार्टी अध्यक्ष ओली पक्षबाट कुनै जवाफ नआएपछि माधव झलनाथ पक्षले एकता जोगाउन नसकिएको निष्कर्ष निकाल्दै राजीनामा दिन लागेको हो। 

ओली पार्टी एकताकोविरुद्धमा रहेको पुष्टि भएको माधव पक्षीय सांसदहरूले जनाएका छन्।

प्रकाशित: May 10, 2021| 04:33 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।