बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीले ट्विट गर्दै आफ्ना सांसदलाई भने- प्रधानमन्त्रीको पक्षमा मतदान गर्नुस्

ओलीले ट्विट गर्दै आफ्ना सांसदलाई भने- प्रधानमन्त्रीको पक्षमा मतदान गर्नुस्

प्रधानमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई आग्रह गरेका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - प्रधानमन्त्री एवम् नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्नो पक्षमा मतदान गर्न पार्टीका सांसदहरूलाई आग्रह गरेका छन्।

ट्विट गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दै छ। त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।’

यस्तै उनले आन्तरिक मतभेद् वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने पनि बताएका छन्। 

उनले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।’

 

प्रकाशित: May 10, 2021| 05:20 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।