बिहीबार, भदौ ११, २०८३

ओली-नेपाल पक्षबीच सहमतिको सम्भावना न्यून

नेकपा एमालेको विभाजन रोक्नका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबिच सहमतिको सम्भावना न्यून देखिएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - नेकपा एमालेको विभाजन रोक्नका लागि अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबिच सहमतिको सम्भावना न्यून देखिएको छ।

पार्टी एकता जोगाउने हरसम्भव प्रयास गरिए पनि अब सहमति हुन नसक्ने स्थिति नदेखिएको दुवै पक्षका नेताहरुले बताएका छन्।

आइतबार साँझ अन्तिम प्रयास स्वरुप एमालेको दुवै पक्षबीच छलफल भए पनि त्यसले सार्थकता पाउन नसकेको संकेत देखिएको छ। 

साँझ नै माधव कुमार नेपाल पक्षीय सांसदहरुको बैठकले पार्टी अध्यक्षलाई अन्तिम मौका स्वरुप अहिले बिहान ९ बजेसम्मको समय दिएका थिए। 

तर, अहिलेसम्म अध्यक्ष ओली पक्षबाट कुनै खालको प्रतिक्रिया नआएपछि अब सम्भावन क्षीण भएको नेपाल पक्षको बुझाइ छ। 

एमाले उपाध्यक्ष एवम् नेपाल पक्षीय नेता युवराज ज्ञवालीले अब सम्भावना अब करिब क्षीण भइसकेको बताए। 

‘अध्यक्ष ओली पक्षबाट अहिलेसम्म केही उत्तर आएन हामीले उहाँको प्रतिउत्तर पर्खेका थियौं,’ उनले भने,‘अब समय पनि सकिएको छ। अहिलेसम्म केही जवाफ नआएपछि अब सम्भावना क्षीण भएको अवस्था छ।’

उता ओली पक्षको बुझाइ भने फरक छ। छलफल सकारात्म रुपले अगाडि बढिरहेका बेला माधव नेपाल पक्षले दिएको अल्टिमेटम र मध्यरातमा आएको पत्रले ओली पक्ष संशकित बनेको छ।

‘हामीसँग छलफल गर्दा पत्रको कुरा थिएन। यो बीचमा कुनै प्रकारको समस्या आउने काम नगरौं भनेर कुरा राखेका थियौं। उहाँले ठीक छ भन्नुभएको थियो बेलुकी त्यस्तो पत्र आयो,’एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले भने,‘हामी अझै पनि हर प्रयास गरिरहेका छौं। पार्टीलाई विभाजन हुन नदिउ भन्ने नै हाम्रो चाहना हो।’ 

एमाले माधव पक्षका सांसद झपट रावलले पनि सहमतिका नाममा हिजो नै अध्यक्ष ओलीले विज्ञप्ति जारी गरेर धम्काउने काम गरेको बताए। ‘सहमित नै होला भन्ने करिब सम्भावना कम भयो। अहिलेसम्म केही प्रतिक्रिया आएको छैन,’उनले भने,‘अब हामीले पूर्व तय गरेको निर्णय अनुसार नै राजीनामा को निर्णय गर्छौं होला।’

अहिले बिहान ९ बजेसम्मको ओलीलाई समय दिएको माधव पक्षका सांसदहरुको साढे ९ बजे सिंहदरबारमा बैठक बस्दैछ। उक्त बैठकले नै आवश्यक निर्णय लिने छ। नेता नेपालले हिजो मध्यरातमा पत्र लेख्दै ६ बुँदामा अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएका छन्।

आफूहरुले अघि सारेका विषय र आगामी दिनमा सहमति र सहकार्यका रुपमा पार्टी अगाडि बढाउने ठोस सहमति नभए सांसदहरुले राजीनामा दिन वाध्य हुने नेपालले लेखेका छन्। प्रधानमन्त्री केपीशर्मा ओलीले आज नै प्रतिनिधिसभाको विशेष अधिवेशन बैठकमा विश्वासको मत लिँदै छन्।

त्यसअघि नै एमालेभित्रको विवाद टुंग्याउन गरिएको प्रयास असफल हुने संकेतले संसदमा ओलीले विश्वासको मत नपाउने र पदबाट राजीनामा दिनुपर्ने छ। विश्वासको मतका लागि संसदको विशेष अधिवेशनको बैठक सोमबार दिउँसो १ बजे बस्दैछ।

प्रकाशित: May 10, 2021| 03:06 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।