बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेपत्ता भएका युवाको १२ दिनपछि ओढारमा भेटियो शव, अन्य चार युवा सम्पर्कविहीन

बेपत्ता भएका युवाको १२ दिनपछि ओढारमा भेटियो शव, अन्य चार युवा सम्पर्कविहीन

म्याग्दीको मालिका गाउँपालिका-५, देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुंगाले अँठ्याएको अवस्थामा शव फेला परेको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

म्याग्दी - म्याग्दीको मालिका गाउँपालिका-५, देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुंगाले अँठ्याएको अवस्थामा शव फेला परेको छ।

वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देवीस्थानको मार्चुला सामुदायिक वनको बराहथानस्थित ओढारमा आइतबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

स्थानीयवासीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। ढुंगाले छोपेर राखिएको अवस्थामा शव भेटिएकाले कसैले हत्या गरेर ओढारमा राखेको हुनसक्ने अनुमान गरिएको छ। 

टाउको र कुम देखिएको अवस्थामा भेटिएको शव सडेको थियो। धजेन्द्रसँगै वैशाख १४ गतेदेखि देवीस्थानका अन्य चार युवा सम्पर्कविहीन छन्।

मृतकका दाजु तिलक पुनले प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धान र संलग्नको खोजी थालिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए। रासस

प्रकाशित: May 10, 2021| 04:26 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।