काठमाडौं - नेकपा एमालेको माधवकुमार नेपाल पक्षका दुई सांसद बैठक चल्दाचल्दै बाहिरिएका छन्।
सिंहदरबारमा बसिरहेको बैठक स्थलबाट सांसद पार्वतीकुमारी विशुन्खे र कलिला खातुना बैठक छाडेर बाहिरिएका हुन्।
राजीनामाको विषयमा छलफल र सोहीअनुसार निर्णय हुने भएपछि उनीहरू असन्तुष्टि जनाउँदै बाहिरिएको बताइएको छ। सामूहिक राजीनामा दिने निर्णयमा आफूहरूको असन्तुष्टि रहेको उनीहरूले प्रतिक्रिया दिएका छन्।
माधव पक्षीय सांसदहरूले राजीनामा दिने तयारी गरेका छन्।