बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल पक्षलाई ओलीको आग्रह- हतारोमा अनुचित निर्णय नगर्नुस्, छलफलबाट समस्या समाधान गरौं

नेपाल पक्षलाई ओलीको आग्रह- हतारोमा अनुचित निर्णय नगर्नुस्, छलफलबाट समस्या समाधान गरौं

प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिन केही घन्टा बाँकी रहँदा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षीय सांसदलाई हतारोमा अनुचित निर्णय नलिन आग्रह गरेका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिन केही घन्टा बाँकी रहँदा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षीय सांसदलाई हतारोमा अनुचित निर्णय नलिन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् ओलीले भनेका छन्,‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ। त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।’

यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने ओलीले भनेका छन्। ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनेका छन्,‘आउनुस, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।’

प्रकाशित: May 10, 2021| 06:00 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।