काठमाडौं - नेकपा एमालेको माधव–झलनाथ पक्षका सांसदहरूको बैठक बस्दैछ। संघीय संसद सचिवालय सिंहदरबारमा केही बेरमा बैठक बस्न लागेको हो।
अहिले बस्ने बैठकमा प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको विषयमा छलफल हुनेछ।
सिंहदरबारमा माधव झलनाथ पक्षका सांसदहरू भेला भइसकेका छन्।
आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका थिए। हिजोनै सिंहदरबारमा नै बसेको सांसदहरूको बैठकले अहिले बिहान ९ बजेसम्म ठोस सहमतिका लागि समय तोकेका थिए। उक्त समयसीमा सकिएको छ।
एमाले सांसद झपट रावलले अध्यक्ष ओलीलाई दिएको समयसीमा सकिएको र अब केहीबेरमा सुरु हुने सांसदहरूको बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिए। उनले सोही बैठकले सामूहिक राजीनामा का विषयमा निर्णयसमेत लिने जानकारी दिए।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिनको लागि बोलाएको संसद विशेष अधिवेशन दिउँसो १ बजे बस्दैछ।