बिहीबार, भदौ ११, २०८३

मोरङमा तीन घण्टामा ६ संक्रमितको मृत्यु 

मोरङमा सोमबार बिहान तीन घण्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको  छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

विराटनगर – मोरङमा सोमबार बिहान तीन घण्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको  छ। विराट शिक्षण अस्पताल बुढीगंगामा तीन, नोबेल शिक्षण अस्पताल विराटनगरमा दुई र न्यूरो अस्पताल विराटनगरमा एक संक्रमितको मृत्यु भएको हो। 

न्यूरो अस्पतालमा विराटनगर महानगरपालिका–११ की ६७ वर्षीया  महिलाको बिहान ५:५० बजेतिर मृत्यु भएको छ। उपचारकै क्रममा उनको मृत्यु भएको हो। पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि आइतबार अस्पताल भर्ना गरिएको थियो। 

विराट शिक्षण अस्पतालमा विराटनगर–११ का ४६ वर्षीय पुरुषको बिहान ७:५५ बजेतिर मृत्यु भएको छ। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो। उपचारकै क्रममा आइसोलेसनमा उनको मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए। 

विराटनगर–१३ की ७८ वर्षीया महिलाको पनि विराटमै मृत्यु भएको छ। उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो। उनको बिहान ५:१५ बजेतिर मृत्यु भएको जानकारी देवले दिए। 

सुनसरीको दुहवी नगरपालिका–११ का ३८ वर्षीय पुरुषको पनि विराटमै उपचारका क्रममा मृत्यु भएको  छ। कोभिड अस्पताल इन्चार्ज देवका अनुसार बिहान ५:३० बजेतिर उनको मृत्यु भएको हो। 

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ की ३५ वर्षीया महिलाको बिहान ५ बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएकी महिलालाई वैशाख २४ गते उपचारका लागि भर्ना गरिएको थियो। 

सिरहाको भवानीपुर– ४ का ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ। उपचारका क्रममा बिहान ५:१५ बजेतिर नोबेलमै उनको मृत्यु भएको प्रबन्धक दाहालले बताए।

प्रकाशित: May 10, 2021| 06:06 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।