बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव पक्षीय २५ सांसद संसद् बैठकमा उपस्थित नहुने, ओलीले प्रधानमन्त्री पद गुमाउने निश्चित

माधव पक्षीय २५ सांसद संसद् बैठकमा उपस्थित नहुने, ओलीले प्रधानमन्त्री पद गुमाउने निश्चित

नेकपा एमालेको माधवकुमार नेपाल पक्ष २५ सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नहुने भएका छन्।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय २५ सांसद आजको प्रतिनिधि सभा बैठकमा सहभागी नहुने भएका छन्। एमाले सांसद मेटमणि चौधरीले २५ जना प्रत्यक्ष र समानुपातिकतर्फका सांसद उपस्थित नहुने जानकारी दिए।

सिंहदरबारमा बसेको सो समूहका सांसदहरूको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेकाे थियाे। नेकपा एमालेका प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरेर १२१ जना सांसद छन्। 

माधव नेपाल पक्षका सांसदहरू बैठकमा अनुपस्थित हुने भएपछि ओलीले विश्वासको मत पाउने सम्भावना छैन। विपक्षी दलले उनलाई मतदान गर्ने छैनन् भने जसपाको महन्थ राजेन्द्र पक्षले पनि हिजो नै विश्वासको मत दिन नसक्ने बताइसकेको छ। त्यसकारण आज विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद गुमाउने निश्चित भएको छ।

प्रकाशित: May 10, 2021| 06:07 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।