मंगलबार, साउन १९, २०८३

एसईई र कक्षा १२ को परीक्षा अनिश्चितकालका लागि  स्थगित

राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ।

कोरोना महामारीको जोखिम र अधिकांश जिल्लामा निषेध आदेश जारी भएका कारण परीक्षा स्थगित गरिएको बोर्डले जनाएको छ।

अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए। 

एसईई जेठ १३ गते र कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो। आज बिहान बसेको बैठकले कोरोना महामारीको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको अर्यालको भनाइ छ। 

स्थगित गरिएको परीक्षा कुन मोडालिटीमा कहिलेबाट सञ्चालन भन्ने विषयमा भने कुनै निर्णय भएको छैन। १५ दिनभित्र बोर्ड सदस्यहरूले आ-आफ्नो राय पेस गरेपछि थप निर्णय हुने भएको  छ। 

गत वर्षजस्तो आन्तरिक मूल्यांकनबाट परीक्षा भने नहुने बताइएको छ।

प्रकाशित: May 10, 2021| 04:54 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्