सोमबार, भदौ २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आगामी निर्वाचनमा भाग लिन ८६ दल दर्ता, ५७ दलको मात्र प्रत्यक्षमा उम्मेदवारी

प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

डडेलधुरामा एमालेको उम्मेदवारी फिर्ता, कर्ण मल्ललाई सघाउने

डडेलधुरामा प्रतिनिधिसभातर्फ नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका छन्। यससँगै बीपी कांग्रेसका कर्ण मल्ललाई सघाउने एमालेको निर्णय कार्यान्वयन हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

हिमाल आरोहणबाट संकलन भयो ६ करोड ७१ लाख राजस्व

अक्टोबर ११ सम्म १०१ समूहमा कुल ८२२ जनाले हिमाल आरोहणको स्वीकृति लिएको विभागको तथ्यांक।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

रूपन्देहीमा यस्ता छन् उम्मेदवार

प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नम्बर १ नेकपा एमाले परित्याग गरेका घनश्याम भुसाल स्वतन्त्र र नेकपा एमालेबाट छविलाल विश्वकर्मा सहित २१ जनाको उम्मेदवारी परेको छ। भुसाललाई सत्तागठबन्धनले समर्थन गर्दै प्रतिनिधिसभामा उम्मेदवार उठाएका...
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

सर्लाही १ मा कांग्रेसका दु:ख– स्थानीय तहमा क्लिनस्विप, अहिले उम्मेदवारविहीन

'बर्खामा धान रोप्यौं, दु:ख गर्‍यौं, मंसिरमा बाली अर्कैले थन्क्यायो,' सर्लाहीका कांग्रेस नेता प्रशान्त आचार्य भन्छन्। कांग्रेस लालबन्दी नगरका सभापतिसमेत रहेका आचार्यले सर्लाही-१ को चुनावी समीकरणलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

बर्दिया–२ मा रेशम चौधरीका पिता लालवीरको 'इन्ट्री’

टीकापुर हत्याकाण्डलाई राजनीतिक रङ दिएर थारु बाहुल्य क्षेत्रका जनताको मत जितेका रेशमले आगामी ४ मंसिरको चुनावमा बर्दिया–२ बाट वारेशनामामार्फत उम्मेदवारी दर्ता गराए पनि आयोगले खारेज गरेपछि आफ्ना बुबालाई सुम्पिए उम्मेदवारी।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

चितवन-३ मा नयाँ ट्विस्ट: कोइरालालाई एमालेको समर्थन, बुर्लाकोटी पनि भएनन् ब्याक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले चितवन क्षेत्र नम्बर ३ बाट दिएको उम्मेदवारी फिर्ता नलिने भएका छन्। सो क्षेत्रबाट एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

चितवन–३ मा कांग्रेसका बागीलाई एमालेको समर्थन

चितवन–३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार बनेपछि बागी बनेका कांग्रेसका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्न एमालेले फिर्ता लियो उम्मेदवारी।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

रुपन्देहीमा स्कुटर दुर्घटना, एक युवकको मृत्यु

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

वामदेव गौतमका लागि आगामी चुनाव ‘तटस्थ’

कांग्रेस र एमाले नेतृत्वका गठबन्धन प्रजातान्त्रिक प्रणाली विपरीत रहेको दाबीसहित चुनावमा स्वविवेक प्रयोग गर्न वामदेवको आह्वान।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

काठमाडौंसहित देशका विभिन्न स्थानमा चार जना मृत फेला

काठमाडौंसहित देशमा विन्नाभिन्नै स्थानमा ६ जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भागवत गीता’ विरुद्ध उजुरी

अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भागवत गीता’ विरुद्ध चलचित्र विकास बोर्डमा उजुरी परेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

धादिङ–२ बाट कांग्रेसका बागी रमेश धमलाले लिए उम्मेदवारी फिर्ता

कांग्रेसले धादिङ क्षेत्र–२ बाट वर्तमान जिल्ला सभापति रामनाथ अधिकारीलाई उम्मेदवार बनाएपछि स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका धमलाले पार्टी निर्णय शिरोधार्य गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

प्रदीप पौडेललाई नरहरिको सुझाव– स्थानीय र राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दामा नागरिकको पक्ष उभिनू, जनताले साथ दिन्छन्

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले पार्टीका बौद्धिक नेता नरहरि आचार्यसँग भेट गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

१२ महिनामा ६१८ किलोमिटर सडकमा कालोपत्रे

गत वर्ष ३०० पुल निर्माण सक्ने लक्ष्य रहेकामा २८२ वटा पुल निर्माण सम्पन्न भएको विभागको तथ्यांक।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

'२ नम्बरी' चलचित्रका प्राविधिकले बोनस पाउने

गत शुक्रबार रिलिज भएको चलचित्र ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद् व्यापारलाई निरन्तरता दिइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य सामान्य अंकले बढेको छ। मंगलरबारको तुलनामा सुनको मूल्य दुई सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित

मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

विश्व आर्थिक मन्दीमा पिल्सिएको नेपाली अर्थतन्त्रलाई बाह्य क्षेत्रबाट खतराको घन्टी

आर्थिक मन्दीले विश्व समुदायमा भयावह अवस्था सिर्जना गर्ने, बेरोजगारी बढेर जाने, गरिबी थप वृद्धि हुने र भोकमरी, कुपोषणबाट जनता आक्रान्त हुने चेतावनी विश्व बैंकको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९

उम्मेदवारी खारेज भएपछि राजु गुरुङ सर्वोच्च जाँदै

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेसँगै उनी सर्वोच्च अदालत जाने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २६, २०७९