काठमाडौं– सडक विभागले गत आर्थिक वर्ष २०७८÷७९ मा ६१८ किलोमिटर सडक कालोपत्रे गरिएको विवरण सार्वजनिक गरेको छ। विभागले गत वर्ष १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य निर्धारण गरे पनि ३४. ३३ प्रतिशत मात्रै प्रगति भएको बताएको छ।
विभागले गत वर्ष ८०० किमि सडक ग्राभेल गर्ने लक्ष्य राखेकामा ३३५ किलोमिटर सडक मात्र ग्राभेल गरेको छ।
२८० किलोमिटर कच्ची सडक खनेको विभागले ४२३ किलोमिटर सडकलाई पुनःनिर्माण तथा पुनस्र्थापना गरिएको जनाएको छ।
२५० किलोटिर सडक आवधिक र नियमित मर्मत भएको विभागले बताएको छ। ३०० पुल निर्माण सक्ने लक्ष्य रहेकामा गत वर्ष २८२ वटा पुल निर्माण सकिएको विभागले विवरण सार्वजनिक गरेको छ।
विभागले गत वर्ष सडक निर्माणमा ५५.१८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको थियो।