मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदीप पौडेललाई नरहरिको सुझाव– स्थानीय र राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दामा नागरिकको पक्ष उभिनू, जनताले साथ दिन्छन्

प्रदीप पौडेललाई नरहरिको सुझाव– स्थानीय र राष्ट्रिय/अन्तर्राष्ट्रिय मुद्दामा नागरिकको पक्ष उभिनू, जनताले साथ दिन्छन्

नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले पार्टीका बौद्धिक नेता नरहरि आचार्यसँग भेट गरेका छन्।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं– नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले पार्टीका बौद्धिक नेता नरहरि आचार्यसँग भेट गरेका छन्। पौडेलले नेता आचार्यसँग भेटेर काठमाडौं क्षेत्र नम्बर ५ को चुनावी रणनीतिका बारेमा छलफल गरेका हुन्। 

नेता आचार्य काठमाडौं क्षेत्र नम्बर ५ बाट २०६४ साल र २०७० सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। आचार्यले पौडेललाई काठमाडौं क्षेत्र नम्बर ५ को वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए। पूर्वमन्त्री समेत रहेका आचार्य कांग्रेस सभापति सुशील कोइरालाको निधनको खबर सुनेर ‘ब्रेन ह्यामरेल’ भएपछि चुनाव लड्न छोडेका हुन्। आचार्यले काठमाडौं क्षेत्र नम्बर ५ का मतदाता विवेकशी, निष्ठावान र सचेत भएको बताउँदै परिवर्तन, सत्य र न्यायको पक्षमा समर्पित भएको बताएका थिए। 

उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका प्रत्यासी पौडेललाई जनचाहना अनुरुप स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा सधैं नागरिकको पक्षमा अडिग रहेर काम गर्न सुझाएका थिए। आचार्यले विवेकशील मतदाता भएकाले नेतृत्वको कार्यभार प्रदीप पौडेललाई सुम्पनेमा आफू विश्वस्त रहेका बताएको थिए। 

पौडेलको सचिवालयका अनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा आफूले गर्नुपर्ने काम तथा भेटघाट गर्नुपर्ने आम मतदाताका बारेमा आचार्यसँग जानकारी लिएका थिए। नेता पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ लाई आफूले अब स्थायी निर्वाचन क्षेत्र बनाउन चाहेको भन्दै सधैं नेता आचार्यको सल्लाह र सुझावमा काम गर्ने समेत बताएका थिए। 

पौडेलले २०६२–६३ को आन्दोलनमा पार्टीले गणतन्त्रको पक्षमा नआउँदै आचार्यकै लाइन अनुसार आफूहरु गणतन्त्रको पक्षमा उभिएको बताएका थिए। कांग्रेसका बौद्धिक नेता आचार्य २०६२–६३ को आन्दोलनताका गणतन्त्रको वकालत गर्ने पहिलो नेता थिए।

प्रकाशित: Oct 12, 2022| 13:04 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...