शुक्रबार, असार ५, २०८३

आगामी निर्वाचनमा भाग लिन ८६ दल दर्ता, ५७ दलको मात्र प्रत्यक्षमा उम्मेदवारी

प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले बताएको हो।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं– निर्वाचन आयोगमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८६ दल दर्ता भए पनि ५७ दलले मात्र प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभातर्फ ५७ दलले उम्मेदवारी दिएको आयोगले बताएको हो।

National life

प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने दलको संख्या फरक छ। प्रदेश १ मा ३०, मधेसमा ३७, बागमतीमा ३२, गण्डकीमा २३, लुम्बिनीमा २५, कर्णालीमा १६ र सुदूरपश्चिममा २० दलले प्रदेशसभातर्फ प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन्। 

आयोगमा दर्ता भएका दलको संख्या भने ११६ रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। दर्ता भएका सबै दलले आगामी निर्वाचनमा भाग नलिने उनको भनाइ छ। २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ ५५ दलले भाग लिएका थिए।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आगामी ३ मंसिरमा १८ वर्ष पूरा हुनेले मतदान गर्न पाउनेछन्। त्यसका लागि मतदातासँग परिचयपत्र हुन आवश्यक छ।

आगामी ३ मंसिरसम्म १८ वर्ष पूरा हुनेसमेत १ करोड ७९ लाख ८८ हजार ५७० जनाले मतदान गर्न पाउने आयोगले जनाएको छ। यीमध्ये ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ अन्य मतदाता छन्।

Shivam cement

प्रकाशित: Oct 12, 2022| 16:04 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...