शुक्रबार, जेठ १९, २०८०

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
 |  मंगलबार, फागुन ९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ९, २०७९

काठमाडौं– निर्वाचन आयोगले तयार पारेको मतदाता नामावलीका अनुसार आगामी २५ फागुनका लागि तय भएको नयाँ राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका छन्।

Everest Bank

प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएका र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा परेका कारण मतदान गर्न पाउने छैनन्। महोत्तरी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने/नपाउने भन्नेबारे आयोग निर्णयमा पुगिसकेको छैन।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुन सक्ने बताए। उनले भने, ‘तीन जना मतदाता कम हुन सक्छन्। यसबारे बुधबार आयोगले निर्णय गरेर सार्वजनिक गर्छ।’

राष्ट्रपति निर्वाचन तालिकाअनुसार आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्नेछ। त्यसपछि उजुरीमाथि छानबिन ११ र १२ फागुनमा हुनेछ। अन्तिम मतदाता नामावली १२ फागुनमै प्रकाशन गरिनेछ। 

बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपतिको निर्वाचन गर्न आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता १३ फागुन र २५ फागुनमा निर्वाचन हुनेछ। हलका राष्ट्रपतिको कार्यकाल २९ फागुन र उपराष्ट्रपतिको ३ चैतमा सकिँदै छ।

National life insurance
Metro Mart

प्रकाशित: Feb 21, 2023| 03:00. 47 मंगलबार, फागुन ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...