मंगलबार, साउन १२, २०८३

रुपन्देहीमा स्कुटर दुर्घटना, एक युवकको मृत्यु

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

तिलोत्तमा- रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा गुल्मीको हस्तिचौर घर भई हाल सिद्धार्थनगर नगरपालिका ४ स्थित पौवा होटेलमा कार्यरत २३ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

खत्रीले चलाएको लु ५५ प ४७५९ नम्बरको स्कुटर गएराति सिद्धार्थनगर-४ उद्योगपुरीमा अनियन्त्रित भएर पल्टिँदा उनी घाइते भएका थिए।

घाइते उनलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको रुपन्देही प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 12, 2022| 14:02 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।