आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • कला/साहित्य
  • अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भागवत गीता’ विरुद्ध उजुरी

अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भागवत गीता’ विरुद्ध उजुरी

अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भागवत गीता’ विरुद्ध चलचित्र विकास बोर्डमा उजुरी परेको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं- अभिनेत्री झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भागवत गीता’ विरुद्ध चलचित्र विकास बोर्डमा उजुरी परेको छ।

National life

हिन्दु जागरण नेपालले फिल्मको नामलाई लिएर बुधबार बोर्डमा बुझाएको उजुरी पत्रमा अन्तरजातीय प्रेमकथामा श्रीमद्भागवत गीता जस्तो पवित्र नाममाथि फिल्म निर्माण हुनु अनुचित रहेको बताइएको छ।

'झरना थापा ज्युले भगवत् गीता नाम राखेर जसमा अन्तरजातीय प्रेमकथामा आधारित भन्ने कुरा समाचारमा आएको छ। यस्ता दुष्कृत्यलाई दोहोर्‍याउन खोजेको स्पष्ट देखिन्छ। त्यसैले यदि श्रीमद्भागवतको पवित्र नाम र ग्रन्थको महत्त्व दर्साइने र आघात नपुग्ने गरी फिल्मका दृश्य छन् भने मात्र प्रसारण होस्। साथै कुनै पनि फिल्म निर्माण तथा प्रसारणको अवस्था खण्डमा धार्मिक क्षेत्रको आधिकारिक संस्थासँग समन्वय गरी कथावस्तुले धार्मिक क्षेत्र र सामाजिक मूल्य मान्यतामा आघात नहुने गरी मात्र निर्माण तथा प्रसारणको अनुमति दिनुहुन अनुरोध गर्दछौं,’ उजुरी पत्रमा उल्लेख गरिएको छ।

उक्त पत्रमा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा र हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायको हस्ताक्षर रहेको छ।

झरना थापाको फिल्म 'भगवत् गीता’ कृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण घोषणा गरिएको थियो। फिल्ममा झरना पुत्री सुहाना थापाको मुख्य भूमिका रहनेछ भने अभिनेताको टुंगो लागेको छैन।

Shivam cement

सुनिल कुमार थापाले निर्माण गर्ने फिल्म आउँदो वर्षको वैशाख १ गते प्रदर्शन हुनेछ।

प्रकाशित: Oct 12, 2022| 13:41 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।