काठमाडौं- कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्। सामाजिक संजालमा स्टाटस लेख्दै उनले बोर्डसँग असन्तुष्टि जनाएका हुन्।
आफ्नो चलचित्रको कमाइबारे गलत रिपोर्ट दिएको भन्दै उनले असन्तुष्टि पोखेका छन्। उनले भनेको छन्, ‘चलचित्र बिकास बोर्डले हाम्रो फिल्मको कमाइको गलत रिपोर्ट सार्वजनिक गरेको छ।’
उनले अध्यक्ष भुवन केसीप्रति लक्षित गर्दै पछिल्लो समय चलचित्र क्षेत्रमा लफडै लफडा भएको टिप्पणी गरेका छन्। ‘यो अध्यक्ष आएपछि जताततै लफडै लफडा छ हाम्रो क्षेत्रमा,’ उनले थप भनेका छन् ।