मंगलबार, कात्तिक ४, २०८२

चलचित्र 'नाइँ नभन्नु ल ६'को रिजिल रोकियो

 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ। आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको हो। 

Kumaribank

निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि निर्धारित मितिमा हुने भनिएको चलचित्र प्रदर्शनी रोकिएको चलचित्रका निर्देशक विकासराज आचार्यले जानकारी दिए। 'तोकिएको मितिमा चलचित्र प्रदर्शन गर्न हुन सकेन, अब नयाँ मिति तय भएपछि चलचित्र प्रदर्शन गर्छौं', निर्देशक आचार्यले भने।

विवाद समाधानका लागि दुवै निर्मातालाई छलफलका लागि बोलाइएको बोर्ड सदस्य रवि अधिकारीले जानकारी दिनुभयो। 'हामीले चलचित्र जाँचपासका लागि सिफारिस रोकेका होइनौँ। लेनदेनमा देखिएको समस्या समधान गर्न आग्रह गरेका हौँ', उनले भने।

यसअघि गत साता चलचित्र ‘प्रसाद २’ को प्रदर्शनी पनि आर्थिक लेनदेनकै विवादका कारण तोकिएको मितिमा हुन सकेको थिएन। 
 

प्रकाशित: Apr 11, 2023| 14:34 मंगलबार, चैत २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।