आइतबार, वैशाख ७, २०८२

डडेलधुरामा एमालेको उम्मेदवारी फिर्ता, कर्ण मल्ललाई सघाउने

डडेलधुरामा प्रतिनिधिसभातर्फ नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका छन्। यससँगै बीपी कांग्रेसका कर्ण मल्ललाई सघाउने एमालेको निर्णय कार्यान्वयन हुने भएको छ।
 |  बुधबार, असोज २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

vianetvianet

काठमाडौं– डडेलधुरामा प्रतिनिधिसभातर्फ नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका चक्र स्नेहीले उम्मेदवारी फिर्ता लिएका छन्। यससँगै बीपी कांग्रेसका कर्ण मल्ललाई सघाउने एमालेको निर्णय कार्यान्वयन हुने भएको छ।

triton college

केन्द्रबाट नै स्नेहीको उम्मेदवारी फिर्ता गर्न पहल भएको थियो। यसैगरी, कांग्रेसका बागी उम्मेदवार दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले पनि उम्मेदवारी फिर्ता लिएका छन्।

एकीकृत समाजवादीबाट भर्खरै एमालेमा फर्केर स्वतन्त्र उम्मेदवारी दिएका विक्रमबहादुर शाहीको उम्मेदवरी भने कायम छ।प्रदेशसभा क मा कांग्रेस बीपीका गणेशप्रसाद जोशी र ख मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिएका छन्। एमालेलाई सघाउन जोशीले उम्मेदवारी फिर्ता लिएका हुन्।

डडेलधुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार प्रतिनिधिसभातर्फ कायम भएका भएका छन्। देउवासँगै नेपाली कांग्रेस बीपीबाट कर्णबहादुर मल्ल, एमालेबाट बागी विक्रम शाही, राप्रपाबाट गोविन्द खडायत,  जनता समाजवादी पार्टीबाट श्याम सिनाल, स्वतन्त्रबाट कर्णसिंह रावल, सागर ढकाल र लालबहादुर कठायत उम्मेदवार छन्।

प्रकाशित: Oct 12, 2022| 15:16 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।