मंगलबार, वैशाख ११, २०८१

रूपन्देहीमा यस्ता छन् उम्मेदवार

प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नम्बर १ नेकपा एमाले परित्याग गरेका घनश्याम भुसाल स्वतन्त्र र नेकपा एमालेबाट छविलाल विश्वकर्मा सहित २१ जनाको उम्मेदवारी परेको छ। भुसाललाई सत्तागठबन्धनले समर्थन गर्दै प्रतिनिधिसभामा उम्मेदवार उठाएका छैनन्।
 |  बुधबार, असोज २६, २०७९

विनोद परियार

विनोद परियार

बुधबार, असोज २६, २०७९

बुटवल– रुपन्देहीमा राजनीतिक दलका शीर्ष नेतादेखि स्वतन्त्रसम्म गरी २ सय १२ जनाको उम्मेदवारी परेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभातर्फ ५ र प्रदेशसभा सदस्यतर्फ १० गरी १५ पदका लागि यो संख्यामा उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। 

triton college

प्रतिनिधिसभामा ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ९४ जनाको उम्मेदवारी दर्ता भएको छ। प्रदेशमा १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा १ सय १८ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका सूचना अधिकारी टेकराज पन्थीले बताए। 

प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नम्बर १ नेकपा एमाले परित्याग गरेका घनश्याम भुसाल स्वतन्त्र र नेकपा एमालेबाट छविलाल विश्वकर्मा सहित २१ जनाको उम्मेदवारी परेको छ। भुसाललाई सत्तागठबन्धनले समर्थन गर्दै प्रतिनिधिसभामा उम्मेदवार उठाएका छैनन्। 

प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर १ को क बाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका विश्वनाथ यादव, नेकपा एमालेको समर्थनमा राप्रपाका आशिष कुमार चौधरी, लोसपाबाट अनिल कुमार कुर्मी सहित ११ जनाको उम्मेदवारी दर्ता भएको छ। त्यसैगरी प्रदेशसभातर्फ १ को २ बाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अब्दुल रज्जाक, नेकपा एमालेका दधिराम न्यौपाने सहित १५ जनाको उम्मेदवारी दर्ता भएको छ। 

घनश्याम भुसाल।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजु गुरुङ, हाम्रो नेपाली पार्टीबाट कमल भुसाल सहित १७ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। त्यसैगरी प्रदेशसभातर्फ निर्वाचन २ को क बाट नेकपा एमालेबाट लिला गिरी र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दीर्घ बहादुर केसी सहित १२ जनाको उम्मेदवारी दर्ता भएको छ। यस्तै, प्रदेशसभातर्फ २ को ख बाट सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका वामदेव क्षेत्री, नेकपा एमालेका भोजप्रसाद श्रेष्ठ सहित ११ जनाको मनोनयन दर्ता भएको छ। 

corrent noodles
Metro Mart

निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, एमालेको समर्थनमा राप्रपाका नेता दीपक बोहोरा सहित २४ जनाको मनोनयन दर्ता भएको सूचना अधिकारी पन्थीले बताए। 

प्रदेशसभातर्फ ३ को क बाट सत्ता गठबन्धनबाट लोसपाबाट सन्तोष कुमार पाण्डे, एमालेसँगको तालमेलमा जनता समाजवादी पार्टी नेपालका महेन्द्र राय यादव सहित १२ जनाको उम्मेदवारी परेको छ। यस्तै प्रदेशसभातर्फ ३ को ख बाट गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र ढकाल, नेकपा एमालेबाट तुलसी चौधरीसहित १२ जनाको उम्मेदवारी परेको छ। 

bishnu poudel
विष्णु पौडेल।
मर्चवार क्षेत्रमा पर्ने निर्वाचन क्षेत्र नम्बर ४ मा भने गठबन्धनबाट प्रतिनिधि र प्रदेशसभाका २ गरी तीन वटै क्षेत्रमा कांग्रेसको उम्मेदवारी दर्ता भएको छ। गठबन्धनबाट नेपाली कांग्रेसका प्रमोदकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट सत्यदेव चौधरी, नेपाल जनता पार्टीबाट महेन्द्र नाथ सिंह राय सहित १३ जनाको उम्मेदवारी परेको छ। प्रदेशसभातर्फ ४ को १ मा गठबन्धनबाट नेपाली कांग्रेसका अष्टभुजा पाठक, लोकतान्त्रिक समाजवादी पार्टीका कन्यैया बानियाँ, जनमत पार्टीबाट जितेन्द्रनाथ शुक्ला नेकपा एमालेबाट सुनिल कुमार गिरीसहित ६ जनाको उम्मेदवारी परेको छ। 

यस्तै, प्रदेशसभामा ४ को ख बाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेस वसिउद्धिन खाँ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मोहनलाल यादव, जनता समाजवादी पार्टीबाट रामअवतार यादव सहित १२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। 

बालकृष्ण खाण।
निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका भरत कुमार शाह, नेकपा एमालेका तर्फबाट वासुदेव घिमिरे सहित १९ जनाको उम्मेदवारी दर्ता भएको छ। एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरेका खिमलाल भट्टराईको मनोनयन भने अवैधानिक ठहर भएको निर्वाचन आयोगले जनाएको छ। प्रदेशसभातर्फ ५ को क बाट गठबन्धनबाट नेकपा माओवादी केन्द्रका विनोद पहाडी, नेकपा एमालेबाट भूमिश्वर ढकाल, नेपाली कांग्रेसबाट विष्णु पोखरेल सहित १३ जनाको उम्मेदवारी दर्ता भएको छ। 

यसैगरी प्रदेशसभातर्फ ५ को ख बाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका फकरुद्धिन खाँ, नेकपा एमालेबाट रामचन्द्र यादव, जनमत पार्टीबाट चन्द्रकेश यादव, लोसपाबाट अबुल कैयम मुसलमान सहित १४ जनाको उम्मेदवारी परेको छ। आयोगका अनुसार प्रतिनिधिसभाका उम्मेदवार कमल भुसाल र वासुदेव घिमिरेविरुद्ध उजुरी परेको निर्वाचन आयोग रुपन्देहीले जनाएको छ।

प्रकाशित: Oct 12, 2022| 15:03 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।