बुधबार, असार ३, २०८३

वामदेव गौतमका लागि आगामी चुनाव ‘तटस्थ’

कांग्रेस र एमाले नेतृत्वका गठबन्धन प्रजातान्त्रिक प्रणाली विपरीत रहेको दाबीसहित चुनावमा स्वविवेक प्रयोग गर्न वामदेवको आह्वान।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९
National life
Shivam cement

काठमाडौं– नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कुनै पनि पार्टीलाई समर्थन नगरिने बताएका छन्। गौतमले बुधबार विज्ञप्ति जारी गरी आफ्ना कार्यकर्तालाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन्।

कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको विपक्षी गठबन्धन दुबै बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावनाविरुद्ध भएको गौतमको दाबी छ। यी गठबन्धनका क्रियाकलापले नेपालको संविधानको अक्षर र भावनाको खिल्ली उडाएको दाबीसहित गौतमले भनेका छन्, ‘यस्तो अवस्थामा हाम्रो पार्टीले कुनै पनि पार्टीलाई समर्थन गरेर मतदान गर्न सकिने अवस्था रहेन। उपरोक्त परिस्थिति र आफ्नो अवस्थालाई ध्यानमा राखेर हामी पार्टीका नेता, कार्यकर्ता, सदस्य, समर्थक र शुभचिन्तकलाई स्वविवेक प्रयोग गरी मतदान गर्न अनुरोध गर्दछौं।’

यी दुवै गठबन्धनको उद्देश्य संसद्मा आफ्नो पक्षको बहुमत बनाएर आफ्नै नेतृत्वको सरकार कसरी बनाउने भन्नेबाहेक अरु केही रहेको नदेखिएको गौतमको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Oct 12, 2022| 13:48 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...