काठमाडौं- काठमाडौंसहित देशमा विन्नाभिन्नै स्थानमा ६ जना मृत फेला परेका छन्।
काठमाडौं महानगरपालिका-२५ क्षेत्रपाटी न्हयोखामा पहिचान खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत फेला परेको प्रहरीले जनाएको छ।
यस्तै धनुषा, जनकपुर उपमहानगरपालिका-८ बजरंग चौकस्थित सिरहा मिर्चैया नगरपालिका-१ मनहर्वा गाउँ बस्ने ४५ वर्षीय श्याम महतो मंगलबार मृत अवस्थामा फेला परेका छन्।
झापा, अर्जुनधारा नगरपालिका-४ स्थित बिरिङ खोलाको किनारमा सोही नगरपालिका-५ कञ्चनबारी बस्ने ५० वर्षीया गंगा भण्डारी मंगलबार मृत अवस्थामा फेला परेकी छन्।
कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-४ कालिका टोल बस्ने ६५ वर्षीय लालु सार्की सोही नगरपालिका-४ लठ्ठाघाटस्थित माछापोखरीमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सोही नगरपालिका थापा चौराहबाट सोमबारदेखि हराई रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र अस्थायी प्रहरी पोष्ट झोलुङ्गेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।