शनिबार, जेठ ३०, २०८३

हिमाल आरोहणबाट संकलन भयो ६ करोड ७१ लाख राजस्व

अक्टोबर ११ सम्म १०१ समूहमा कुल ८२२ जनाले हिमाल आरोहणको स्वीकृति लिएको विभागको तथ्यांक।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९
National life
Shivam cement

काठमाडौं– सरकारले यस वर्ष हिमाल आरोहण स्वीकृतिबापत ६ करोड ७१ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको छ। सन् २०२२ जनवरी १ देखि अक्टोबर ११ सम्म विभिन्न हिमाल आरोहण गर्न दिइएको स्वीकृतिमार्फत पर्यटन विभागले उक्त राजस्व संकलन गरेको हो। 

विभागका अनुसार अक्टोबर ११ सम्म छुट्टाछुट्टै गरी १०१ समूहमा कुल ८२२ जनाले हिमाल आरोहणको स्वीकृति लिएका छन्। यीमध्ये ६३१ जना पुरुष र १९१ जना महिला छन्। 

५ हजार मिटरमाथिका हिमशृंखला आरोहणका लागि स्वीकृति प्रदान गरेको विभागले १० महिनामा राजस्वबापत ५ लाख २५ हजार ५० अमेरिकी डलर अर्थात् ६ करोड ७१ लाख २० हजार १३१ रुपैयाँ संकलन भएको जनाएको छ। नेपालीसहित हिमाल आरोहणका लागि यस वर्ष ६७ देशका आरोही नेपाल आएका छन्।

प्रकाशित: Oct 12, 2022| 15:05 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्