शुक्रबार, असार ५, २०८३

'२ नम्बरी' चलचित्रका प्राविधिकले बोनस पाउने

गत शुक्रबार रिलिज भएको चलचित्र ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद् व्यापारलाई निरन्तरता दिइरहेको छ।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९
National life
Shivam cement

काठमाडौं– गत शुक्रबार रिलिज भएको चलचित्र  ‘२ नम्बरी’ले बक्स अफिसमा सुखद् व्यापारलाई निरन्तरता दिइरहेको छ। रिलिजको पाँचौं दिन मंगलबार पनि व्यापार उच्च देखिएको निर्माण पक्षले जनाएको छ। देशैभरका मल्टिप्लेक्समा यो फिल्म लागेको छ र दर्शकको उच्च अकुपेन्सी छ।

फिल्मका निर्माता किरण नेपालीले आफूहरु नाफामा गइसकेको बताएका छन्। फिल्मले निर्माताको पोल्टामा राम्रो रकम फिर्ता गर्ने पनि पक्का देखिएको छ। फिल्मबाट राम्रो नाफा कमाउने भएपछि निर्माता नेपालीले फिल्म निर्माणमा पर्दा पछाडि रहेर दुःख गरेका प्राविधिकहरुलाई बोनस दिने भएका छन्। उनले भने, ‘फिल्म निर्माणको समयमा कम पारिश्रमिकमा पनि निक्कै दुःख गरेर काम गर्नुभएका प्राविधिकहरुलाई हामी बोनस दिन्छौं। फिल्म हिट बनाउनमा उहाँहरुको पनि ठूलो हात छ।’

बोनस कति दिने भन्ने अहिले पक्का नभएको उनले बताए। फिल्मले गर्ने लाइफटाइम कलेक्शनको आधारमा बोनस दिने उनले बताए। नेपालमा फिल्म हिट भएपछि कममात्र मेकरले प्राविधिकहरुलाई बोनस दिएका उदाहरण छन्। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेनको मुख्य भूमिका छ।

प्रकाशित: Oct 12, 2022| 12:44 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।