शुक्रबार, मंसिर १२, २०८२

उम्मेदवारी खारेज भएपछि राजु गुरुङ सर्वोच्च जाँदै

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेसँगै उनी सर्वोच्च अदालत जाने भएका छन्।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

बुटवल- रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेसँगै उनी सर्वोच्च अदालत जाने भएका छन्। आयोगमा कसैले उजुरी नगरेको र अदालतमा विचारधीन मुद्दाको विषयलाई आधार बनाएर नियोजित रूपमा आयोगले उम्मेदवारी खारेज गरेको भन्दै गुरुङ सर्वोच्च जाने भएका हुन्।

National life

नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष अविराम विकले आयोगले विना उजुरी जाँचबुझको नाममा अदालतमा विचाराधीन रहेको मुद्दालाई निहुँ बनाएर उम्मेदवारी खारेज गरेकाले सर्वोच्च जान लागेको बताए। 

बैंकिङ कसुर देखाएर गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन आयोगको सूचनामा उल्लेख छ। आयोगले बैंकिङ कसुर देखाइएको कम्पनी राजु गुरुङको मात्र नभएर शेयर सदस्य मात्र भएको विकले बताए। 

बैंकिङ कसुर गरेको भनिएको कम्पनीले तिर्नुपर्ने रकम तिर्न खोज्दा पनि सम्बन्धित व्यक्तिले विकले दाबी गरे। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार फौजदारी अभियोगमा कसुर ठहर भएका उम्मेदवार हुन नपाउने उल्लेख छ। तर, गुरुङको मुद्दा भने देवानी अर्थात् व्यक्तिवादी मुद्दा भएको र उच्च अदालत पाटनमा विचाराधीन रहेकाले आकर्षित नहुने कानुनविद् बताउँछन्।

निर्वाचन कार्यालय रुपन्देहीका सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति ११ बजे सूचना जारी गर्दै गुरुङको उम्मेदवारी खारेज भएको जनाकारी गराएका थिए।

Laxmi sunrise bank
kumari

गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको वेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक अनादर भएपछि गुरुङसहित पाँच जना सञ्चालक रहेको कम्पनीलाई कालोसूचीमा राखेको थियो।

स्वतन्त्र उम्मेदवार हिमाल बस्याल, हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसाल (निकोलस)को उम्मेदवारी पनि खारेज भएको छ। गुरुङसहित तीनैजना रुपन्देही २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धामा थिए।

प्रकाशित: Oct 12, 2022| 11:01 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।