मंगलबार, साउन १९, २०८३

चितवन–३ मा कांग्रेसका बागीलाई एमालेको समर्थन

चितवन–३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार बनेपछि बागी बनेका कांग्रेसका स्वतन्त्र उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्न एमालेले फिर्ता लियो उम्मेदवारी।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं– नेकपा एमालेले चितवन क्षेत्र–३ मा आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको  छ।

एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको हो।

चितवनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमाले अध्यक्ष केपी ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ।

सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आएको तर आयोगको निर्णय भने बाँकी रहेको जानकारी दिए।

‘मलाई एमाले अध्यक्ष ओलीबाट आशीर्वाद प्राप्त भयो,’ कोइरालाले भने, ‘अब म आधिकारिक रूपमा एमालेको समर्थनमा उम्मेदवार बनें।’

कोइराला एमाले अध्यक्ष ओली भेट्न मंगलबार बेलुकी बालकोट गएका थिए। एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका न्यौपाने पनि टिकट फिर्ता नलिने भन्दै ओलीलाई भेट्न काठमाडौं आएका छन्।

चितवन–३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार बनेका छन्।

प्रकाशित: Oct 12, 2022| 14:05 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...