बुधबार, असोज १४, २०८३

धादिङ–२ बाट कांग्रेसका बागी रमेश धमलाले लिए उम्मेदवारी फिर्ता

कांग्रेसले धादिङ क्षेत्र–२ बाट वर्तमान जिल्ला सभापति रामनाथ अधिकारीलाई उम्मेदवार बनाएपछि स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका धमलाले पार्टी निर्णय शिरोधार्य गरेका हुन्।
 |  बुधबार, असोज २६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज २६, २०७९

काठमाडौं– धादिङ कांग्रेसका पूर्वजिल्ला सभापति रमेश धमलाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। धमलाले धादिङ क्षेत्र–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए।

सो क्षेत्रमा वर्तमान जिल्ला सभापति रामनाथ अधिकारीलाई कांग्रेसले उम्मेदवार बनाएको थियो। अधिकारीलाई उम्मेदवार बनाएपछि धमलाले सोही क्षेत्रमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका थिए।

तर पार्टीले उम्मेदवारी फिर्ता लिन गरेको आह्वानलाई स्वीकार्दै धमलाले उम्मेदवारी फिर्ता लिएको जनाएका छन्। उनले मुलुकको संविधान र वर्तमान शासन व्यवस्थामाथि नै कालो बादल मडारिरहेको अवस्थामा आफूमाथि भएको अन्यायलाई गौण मान्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन्।

धमलाले कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन्। धादिङको यो क्षेत्रमा अधिकारीसहित धमला र दिलमान पाख्रिनले उम्मेदवारी दाबी गरेका थिए।


प्रकाशित: Oct 12, 2022| 13:18 बुधबार, असोज २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...