स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कोभिसिल्ड र कोभ्याक्स खोपको थप डोज आयातका लागि हुकम डिस्ट्रिब्युटर्स प्रालि तथा भारत बायोन्टेकबाट उत्पादित कोभ्याक्सिन खोप ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको हो।
काठमाडौं उपत्यकामा आजदेखि निषेध आदेशमा कडाइ गरिएको छ। बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो।
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। अहिले १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बस्न लागेको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए।