बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमरगढीका नगर प्रमुख र उपप्रमुख चढ्ने गाडी एम्बुलेन्स, टिप्परलाई बनाइयो शव वाहन

अमरगढीका नगर प्रमुख र उपप्रमुख चढ्ने गाडी एम्बुलेन्स, टिप्परलाई बनाइयो शव वाहन

डडेल्धुराको अमरगढी नगरपालिकाले नगर प्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

धनगढी– डडेल्धुराको अमरगढी नगरपालिकाले नगर प्रमुख र उपप्रमुख चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ।

नगरमा कोरोना भाइरस संंक्रमण तिब्र गतिमा फैलिरहेको अवस्थामा गम्भीर बिरामीलाई समयमै अस्पताल पुर्याउन जनप्रतिनिधिका गाडीलाई एम्बुलेन्स बनाउने निर्णय भएको सूचना अधिकारी लालबहादुर साउँदले बताए। 

नगर प्रमुख विश्वेश्वरप्रसाद ओझाले बुधबार बसेको कार्यपालिका बैठकमा आफूले सो निर्णय गरेको र कार्यपालिका बैठकबाट अनुमोदन भैसकेको बताए। जटिल अवस्थाका कोरोना संक्रमितलाई समयमै अस्पतालसम्म पुर्याउन सजिलो होस् भनेर आफू चढ्दै आएको गाडीलाई एम्बुलेन्स बनाएको नगरप्रमुख ओझाले बताए।

‘कोरोना भाइरसले देश आक्रान्त छ, अक्सिजन अभावमा संक्रमितको मृत्यु भइरहेको छ। यस्तो अवस्थामा जनप्रतिनिधिले आफ्नो सुखसुविधा त्याग्नुपर्छ, अनि त्याग्यौं,’ उनले भने। 

त्यसैगरी नगरपालिकाले स्थानीय क्षेत्रमा चल्ने टिप्परलाई शव वाहनको रुपमा प्रयोग गर्ने भएको छ।

प्रकाशित: May 06, 2021| 06:32 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।