आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • खोपमा सरकारको फेरि लापरबाही : विवादित कम्पनीलाई नै आयात अनुमति

खोपमा सरकारको फेरि लापरबाही : विवादित कम्पनीलाई नै आयात अनुमति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कोभिसिल्ड र कोभ्याक्स खोपको थप डोज आयातका लागि हुकम डिस्ट्रिब्युटर्स प्रालि तथा भारत बायोन्टेकबाट उत्पादित कोभ्याक्सिन खोप ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको हो।
 |  बिहीबार, वैशाख २३, २०७८

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं– सरकारले कोरोनाविरुद्धको खोप आयात गर्न दुई विवादित कम्पनीलाई नै अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कोभिसिल्ड र कोभ्याक्स खोपको थप डोज आयातका लागि हुकम डिस्ट्रिब्युटर्स प्रालि तथा भारत बायोन्टेकबाट उत्पादित कोभ्याक्सिन खोप ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको हो।

National life

यी दुवै कम्पनी यसअघि तोकिएको समयमा खोप आयात नगरेर विवादित बनेका छन्। यसले गर्दा नेपालमा कोरोनाविरुद्धको खोप अभियान प्रभावित बनेको छ। पहिलो डोज खोप लगाएका व्यक्तिहरुले तीन महिनाभित्र खोप लगाइसक्नुपर्छ। तर फागुन २३ पछि कोभिसिल्ड खोप लगाएका ६५ वर्षमाथिका वृद्धवृद्धाले दोस्रो डोज कहिले लगाउने टुंगो छैन। 

विभागका प्रवक्ता सन्तोष केसीले यसअघि आकस्मिक प्रयोगका लागि अनुमति दिइएका यी दुई कम्पनीलाई आयात अनुमति दिइएको बताए। विभागका अनुसार खोप आयात गर्न सरकारले तोकेको मापदण्ड पूरा गरेकाले नै यी दुई कम्पनीलाई खोप आयातको अनुमति दिएको हो। 

केसीले भने, ‘नेपाल सरकारबाट अनुमति प्राप्त गर्नका लागि आह्वान गर्दा यी कम्पनीले अनुमति पाएका छन्। हाम्रो काम अनुमति दिने मात्र हो।’ उनले कति समयभित्र ल्याउने भन्ने विषयमा विभागको कार्यक्षेत्रभित्र नपर्ने बताए। यस्तै खरिद प्रक्रियाबारे आफूहरूलाई केही थाहा नहुने उनले बताए।

केसीले भने, कति समयभित्र समयसीमा भित्र खोप ल्याउने र खरिद प्रक्रियाबारे हामीलाई केही थाहा हुँदैन। हाम्रो जिम्मेवारी अनुमति दिनु मात्र हो।’

Shivam cement

प्रकाशित: May 06, 2021| 05:15 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।