काठमाडौं - कञ्चनपुरमा इँटा भट्टाको कोइला पिस्ने मेसिनमा परी एक जना बालको मृत्यु भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–८ स्थित तिलाचौरमा रहेको जगन्नाथ इँटा भट्टामा काम गर्ने १३ वर्षीया अर्जुन पुजराको कोइला पिस्ने मेसिनमा परी मृत्यु भएको हो।
आमासँग इँटा भट्टामा काम गर्न गएका अर्जुनको भट्टा नजिक रहहेको म १ त ११६७ नम्बरको ट्याक्टरको एक्सल फुलिमा लुगा बेरिएकाले मेसिनमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
प्रहरीले मेसिन चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अध्ययन अनुसन्धान गरिरहेको छ।
