बिहीबार, भदौ ११, २०८३

भेरी अस्पतालमा थप १० कोरोना संक्रमितको मृत्यु

बाँकेको भेरी अस्पतामा कोरोना संक्रमणबाट पछिल्लो १२ घण्टामा थप १० जनाको मृत्यु भएको छ।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

नेपालगन्ज – बाँकेको भेरी अस्पतामा कोरोना संक्रमणबाट पछिल्लो १२ घण्टामा थप १० जनाको मृत्यु भएको छ।

बाँकेका नौ र जाजरकोटका एक जनाको गरि १० जनाको बुधबार राति र बिहीबार विहान मृत्यु भएको हो। योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२७ पुगेको छ।

बिहीबार बिहान नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो।

यस्तै बुधबार राति नेपालगञ्ज–१० का २७ वर्षीय पुरुष, नेपालगञ्ज १० कै ७८ वर्षीय पुरुष, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका ४ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ।

यस्तै भेरी अस्पतालमै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको बुधबार साँझ सवा ६ बजे र नेपालगञ्ज १० का ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको  छ। । 

यसैगरी भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। 

प्रकाशित: May 06, 2021| 04:12 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।