बिहीबार, भदौ ११, २०८३

लागूऔषधसहित दुई जना पक्राउ

सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन्।
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

सुर्खेत - सुर्खेतमा लागूऔषध (ब्राउनसुगर) सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको डुङ्गेश्वर गाउँपालिका– ७ का हिमाल आलेमगर र वीरेन्द्रनगर–४ सुर्खेतका धिरज खत्री छन्। 

उनीहरूको साथबाट ४ ग्रामबराबरको ४१ पुडिया लागूऔषध नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुबै जनालाई बुधबार साँझ पक्राउ गरिएको हो। उनीहरूसँग लागुऔषध रहेको विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलिले वीरेन्द्रनगरको नयाँ बसपार्कबाट पक्राउ गरेको सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले बताए।

प्रकाशित: May 06, 2021| 00:48 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।