बिहीबार, भदौ ११, २०८३

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। अहिले १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बस्न लागेको  स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए। 
 |  बिहीबार, वैशाख २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २३, २०७८

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। अहिले १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटीको बैठक बस्न लागेको  स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए। 

उनले बाग्मती प्रदेशमा हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन तथा लुम्बिनी हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको टुंगो लगाउन बैठक बस्न लागेको जानकारी दिए। जेठ ६ गते बाग्मती प्रदेशमा उप निर्वाचन हुँदैछ। 

यसअघि बैशाख १० गतेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलिले उक्त उपनिर्वाचनमा एमालेको तर्फबाट रामबहादुर थापा बादल नै उम्मेदवार हुने बताएका थिए। आजको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ। 

यस्तै लुम्बिनी प्रदेशमा हुने उपनिर्वाचनको पनि मिति तोकिएकोले त्यहाँको उम्मेदवारको पनि आजको बैठकले नै टुंगो लगाउने बुझिएको छ। 

नेता नेम्वाङले यसका साथै पछिल्लो राजनीति घटनाक्रम र कोभिड १९ को रोकथाम र नियन्त्रणका विषयमा चाल्नुपर्ने थप प्रभावकारी कदमका बारेमा पनि बैठकमा छलफल हुने बताए।

प्रकाशित: May 06, 2021| 04:05 बिहीबार, वैशाख २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।