नेकपा (एमाले) मा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन नभए पार्टी एकताको सम्भावना जीवित रहेको बताएका छन्।
१४औं महाधिवेशनका लागि हालसम्म वितरित क्रियाशील सदस्यमध्येबाट महाधिवेशन गर्न सकिने वा १३औं महाधिवेशनमा प्रतिनिधि रहेकाहरुबाट नै एक वर्षका लागि केन्द्रीय कार्य समितिको निर्वाचित गर्न सकिने विकल्पमा छलफल भएको हो।
'अध्यादेशबाट ल्याइएको बजेटका केही प्रावधान पढ्न गल्ती गरेछु कि भनेर दोहोर्याइ-तेहर्याई पढेँ,' उनले ट्विटमा लेखेका छन्, 'अझै पनि विश्वास लागिरहेको छैन कि क्षणिक स्वार्थ पूरा गर्न कुन हदसम्मको आँट होला-...
सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले घाइते आमाछोरीको उपचारका लागि सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिएकी हुन्।
माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमदल दाहालले असंवैधानिक सरकारले बजेटमार्फत तराईलाई मरुभूमीकरण गर्ने जनविरोधी कार्य गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्।
‘उहाँहरुले एक अर्कालाई कारबाही गरेको भन्ने निवेदन पेस गर्नु भएको थियो,’ उनले भने, ‘त्यही निवेदनका आधारमा वैधानिकता पुष्टि हुने ठहर नदेखिएकाले प्रक्रियागत रूपमा पुनः पेस गर्न भनिएको हो।’
बुधबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै भएका छन्। पछिल्लो २४ घण्टामा ७ हजार २१९ संक्रमित कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले अद्यावधिक गरेको विवरणमा उल्लेख छ।
नेकपा (एमाले)को एकता जोगाउन दोस्रो तहका नेताहरुले सक्रियता देखाइरहेका बेला आज बुधबार महासचिव एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेता योगेश भट्टराईबीच छलफल भएको छ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले बृहत्तर जनताको हितका लागि हुनुपर्ने कानुन निहीत स्वार्थका लागि गरिनु नीतिगत भ्रष्टाचार भएको बताए।
मृत्यु हुनेमा उदयपुरका ३५ वर्षीया सीता राई र मकवानपुरका २० वर्षीय टेकबहादुर चेपाङ छन्। महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक गणेशचन्द्र कोइरालाले जग्गामा लगाइएको पर्खाल भत्किएर किच्दा दुईको मृत्यु र...