मंगलबार, भदौ ९, २०८३

सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन पर्सि

सुदूरपश्चिम प्रदेश सरकारले पर्सि (जेठ २१ गते) का लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। 
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले पर्सि (जेठ २१ गते) का लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिमण्डल पुनर्गठन भएपछि पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठकलले आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीलाई प्रवक्ता तोक्ने निर्णयसमेत गरेको छ।

बैठकबारे जानकारी गराउँदै प्रवक्ता जोशीले प्रदेश सरकारको आगामी जेठ २१ गते ३ बजे बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिइन्। 

उनले डोटीमा जेठ १२ गते राति पेट्रोलियम पदार्थ छर्किएर जलाइएकी लक्ष्मी भाटलाई सरकारका तर्फबाट २ लाख रुपैयाँ दिने र महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय भएको बताइन्।

प्रकाशित: Jun 02, 2021| 09:11 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।