मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव नेपालको गुनासो– आफूलाई असहज परिस्थिति आएपछि वार्ताको कार्ड फाल्छन् ओली

माधव नेपालको गुनासो– आफूलाई असहज परिस्थिति आएपछि वार्ताको कार्ड फाल्छन् ओली

नेकपा (एमाले) मा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन नभए पार्टी एकताको सम्भावना जीवित रहेको बताएका छन्। 
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं– नेकपा (एमाले) मा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले राखेको ६ बुँदे प्रस्ताव कार्यान्वयन नभए पार्टी एकताको सम्भावना जीवित रहेको बताएका छन्। 

आफू निकट जनसंगठनहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफ्नो तर्फबाट एकताका लागि लचिलो नै रहेको बताए।
‘२०७५ जेठ २ लाई बटमलाइन बनाएर नै पार्टी एकता हुनुपर्छ भन्ने धारणामा अडिग छौं,’ नेता नेपालको भनाइ उधृत गर्दै उनी निकट युवा संघका अध्यक्ष नरेश शाहीले भने,‘ तर, त्यसतर्फ सकारात्मक रुपले अघि बढेको देखिएको छैन।’

उनले पार्टीलाई एक व्यक्ति एक पदको नीति अनुसार विधान र प्रक्रियागत रुपले अघि बढाएर लगेमात्रै एकता हुन सक्ने बताएका हुन्।

‘विवाद हल गर्न दुवै पक्षको कार्यदल बनाइएको छ। तर त्यसको आधिकारिक वार्ता प्रक्रिया अघि बढेको छैन,’ उनले भने, ‘अन्य केही साथीहरुले छलफल त गरिरहनुभएको छ। तर, कार्यदलको वार्ता भएमात्रै पूर्ण हुन्छ।’ केपी ओलीले आफूलाई असहज परिस्थिति आएमात्रै वार्ताको कार्ड फाल्ने गरेको नेता नेपालको भनाइ थियो। 

छलफलमा सहभागीहरुले अलमल गरेर अघि बढ्नु उचित नहुने भन्दै समयमा निर्णय लिने नेता नेपाललाई आग्रह गरेका थिए। ‘अनेक बहानामा अलमल्याएर राख्ने कामले अघि बढ्न सक्दैन। त्यसैले तत्काल निर्णय गरेर पार्टी निर्माण गर्नेतर्फ केन्द्रीत हुनुपर्छ भन्ने सुझाव दियौं,’ बैठकमा सहभागी एक विद्यार्थी नेताले भने।  

छलफलमा नेता नेपालले अझै केही समय हेर्न र ओली लचिलो भएर अघि बढ्न तयार नभए नयाँ पार्टी गठन गर्ने अभियानमा छलफल गरेर निष्कर्षमा पुगिने बताएका थिए। नेता नेपालले जनवर्गीय संगठनको बैठक राखेर एकतामा भइरहेको प्रयास र पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा जानकारी दिँदै आवश्यक सुझाव लिएका हुन्।

प्रकाशित: Jun 02, 2021| 12:35 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।